श्वेताले हेलम्बुका २ सय परिवारलाई बाँडिन् राहत(भिडियाे)

अभिनेत्री श्वेता खड्काले गएको शुक्रवार गाडी जाने ठाउँमा टिप्परको सहयोगले र बाढीले बाटो अवरुद्ध भएको ठाउँमा हेलिकप्टरमार्फत् सिन्धुपाल्चोकको बाढी पीडितलाई आवश्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा पुर्‍याएकी थिइन् ।सामाजिक सञ्जाल फेसबुकमा सिन्धुपाल्चोकबासीलाई सहयोग गर्न अभियान नै चलाएकी उनले सहयोगको अपिल गरेपछि देश तथा विदेशबाट ठूलो मात्रामा आर्थिक संकलन भएको छ । श्वेताले फेसबुक अभियानबाट जुटेको आर्थिक सहयोगले दोस्रो चरणको राहत सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई वितरण गरेकी छिन् । बाढी र पहिरोले हेलम्बुसँग जोडिने सडक सञ्जाल टुटेपछि त्यस क्षेत्रका बाढी पीडितले सहयोग पाउन सकेका थिएनन् । यातायातको केही सहजतापछि श्वेताले टिप्परमार्फत् बिहीवार हेलम्बु गाउँपालिकामा राहत सामाग्री पुर्‍याएकी हुन् ।

उनले ५० जना सुत्केरी महिलालाई विशेष राहत प्याकेज, २ सय परिवारलाई खाना पकाउने ग्यास, चुल्हो, सिलिन्डर र खाद्यान्न सहयोग गरेको बताएकी छन् । उनले फेसबुकमा राहत वितरणका तस्विर तथा भिडियो शेयर गर्दै हेलम्बुका बाढी पीडितको कुरा सुन्दा आफ्नो आँशु नथामिएको उल्लेख गरेकी छन् । राहत वितरणमा उनलाई श्रीमान विजयन्द्र सिंह रावतले साथ दिएका थिए ।

Leave a Reply