बलिउड चर्चित अभिनेता दिलिप कुमारको निधन भएको छ। उनको ९८ वर्षको उमेरमा मुम्बईको हिन्दुजा अस्पतालमा मृत्यु भएको हो । लामो समयदेखि बिरामी रहेका दिलीपको आज बिहान साढे ७ बजे निधन भएको भारतिय मिडिया आजतकले जनाएको छ । घरमै उपचार गराउदै आइरहेका दिलीपको स्वास्थ्य अवस्था अचानक बिग्रन थालेपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । उनलाई फोक्सोमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धेरै पटक अस्पतालमा भर्ना गरिएको थियो । २०२० मा उनले काभिड १९ का कारण आफ्ना दुई भाइहरु गुमाएका थिए। दिलिप कुमारको नामले चर्चित रहेका उनको वास्तविक नाम भने मोहम्मद यूसुफ खान रहेको छ। दिलिप कुमारले चलचित्र क्षेत्रमा पाँच दशक बिताएका छन् । मुगल ए आजम, देवदास, राम और श्यामलगायतका चर्चित चलचित्रमा अभिनय गरेका छन् । सन् १९९८ को ‘किला’ उनको अन्तिम चलचित्र हो ।
वरिष्ठ बलिउड अभिनेता दिलिप कुमारको निधन
- Post published:२३ असार २०७८, बुधबार