कवि दिपेन दाहाल/ कविता खड्का (बिष्ट)
किशोरवय सम्म संगै बित्यो
निर्मल र अबोध मन पाल्यौं
तर आज बैंसको उत्तरार्धमा आएर
मनका भावना सबै पोख्न थाल्यौं
खोई किन हो केही थाहा छैन
थाहा छ एऊटै संज्ञा
कि तिमी मेरो साथी हौ
हिजो संग संगै थियौं
तर आज केही टाढा हुँदा पनि
शुन्यताको आभास छैन
भौतिक दुरीको प्रभाव छैन
तिमी हाँस्दा सबै हाॅंस्छन्
तिमी रुँदा सबै रुन्छन्
तिमी गुनगुनाऊदा
सबैले मीठो भाका हाल्छन्
तिम्रो चंचलताको यहाँ उपहास होईन
तालीले स्वागत गर्छन्
यात्रा लामो छ तर गन्तव्य
अब छोटिएको छ!
किनकी तिमी मेरो साथी हौ
रगतको साइनो भन्दा माथी हौ
बालपनको उल्लासमा
हाँसेर समय बितेको पत्तै पाएनौ
आज दसकौं पछिको भेटमा
भक्कानिदा अश्रुधारा रोक्न सकेनौं
मैले खाजा नल्याउदा
भोकै क़हिल्यै भईन
रमाई रमाई गीत गायौं
संगै मिली खाजा खायौं
एक अर्काको परिवारलाई
आफ्नो जस्तै हामीले पायौं
फेरि त्यो बालापन सम्झिंदा
ज़िन्दगीका दुःख पीर सब बिर्सियाैं
किनकी तिमी मेरो साथी हौ
रगतको साइनो भन्दा माथी हौ