पोर्नोग्राफी मुद्दामा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्र जेलबाट बाहिर आएका छन् । राज कुन्द्रामाथि अश्लील फिल्म बनाउने र एउटा एप्लिकेसनमार्फत् सार्वजनिक (पब्लिस) गर्ने गरेको गम्भीर आरोप लागेको थियो । विजनेशम्यान कुन्द्रा ५० हजार धरौटी तिरेर छुटेका हुन् । सोमबार साँझ उनलाई मुम्बई अदालतले धरौटीमा रिहा गरेको भारतीय सञ्जारमाध्यममा उल्लेख छ।
उनले अश्लील (पोर्न) चलचित्र भारतमै बनाएर विदेशको सःशुल्क एपमा रिलिज गरेको आरोप छ । भारतको कानुनले पोर्नोग्राफीलाई निषेध गरेको छ ।
प्रहरीले पक्राउ गरेपछि राज कुन्द्राले १८ सेप्टेम्बरमा अदालतमा जमानतका लागि निवेदन दिएका थिए । पोर्नोग्राफी मुद्धामा मुम्बई क्राइम ब्रान्चका अधिकारीले केही समय अगाडि सप्लिमेन्ट्री चार्जसिट अदालतमा दर्ता गरेको थियो । चार्जसिट करीब १४ सय ६७ पान्नाको थियो भने ४३ जना साक्षीको बयान समावेश थियो । तर, उक्त चार्जसिटमा राज कुन्द्राले अश्लिल चलचित्र बनाएर अपलोड गर्ने गरेको प्रमाण नभएको राजका वकिल प्रशान्त पाटिलले भारतीय मिडियासँग बताएका छन् ।
राजलाई गिरफ्तार गरेपछि जुलाई २७ सम्म प्रहरीको नियन्त्रणमा राखिएको थियो । यसपछि, उनलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको थियो । यसपछि, उनी निरन्तर जेलमा थिए । राजमाथि मोडलहरु शर्लिन चोपडादेखि पूनम पाण्डेले गम्भिर आरोप लगाएका थिए ।
राजको मुद्धामा मुम्बई क्राइम ब्रान्चले अभिनेत्री शिल्पा शेट्टीसँग पनि बयान लिएको थियो । उनले पतिको कम्पनी आर्म्सप्राइम मिडियाले सर्ट भिडियो बनाउने गरेको भए पनि अश्लिल फिल्म निर्माणको बारेमा केही जानकारी नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म आफ्नै काममा व्यस्त हुन्थेँ र पतिसँग के गर्दै हुनुहुन्छ भनेर सोध्ने गर्दिन थिएँ । यसबारेमा मलाई केही थाहा छैन ।’
शिल्पाले सन् २००९ मा राजसँग विवाह गरेकी थिइन्। शिल्पा र कुन्द्राका एक छोरा र एक छोरी छन्। राज पक्राउ परेपछि शिल्पा एक महिनापछि मात्र सोनी च्यानलमा प्रदर्शन हुने ‘सुपर डान्सर’ मा देखिएकी थिइन्।