कलाकारका साथमा डब्लुआरआरले लगाई दिए रातो टिका निधारमा (भिडियो सहित)

कोरीबाटी,काठमाडौँ

चलचित्र ‘रातो टिका निधारमा’ को प्रमोसन गर्दै दृष्टिविहिनहरुलाई एक कार्यक्रमका विच सहयोग गरिएको छ । सामाजिक सञ्चालमा चर्चित महिलाहरुको फेसबुक समूह ओमन रुम रिलोडेट (डब्लुआरआर) ले दृष्टिबिहिनहरुको सहयोगार्थ आयोजना गरेको हो ।

त्रि–नेत्र फाउन्डेसनमा रहेका दृष्टिबिहिनहरुलाई सहयोग गर्ने उद्देश्यले भएको कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता अंकित शर्मा, कलाकार रविन्द्र झा र निर्देशक अशोक शर्मा समेतको उपस्थिती रहेको थियो ।

डब्लुआरआरका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा दशैँ लक्षित गरेर चलचित्रको टिमले दृष्टिबिहिनहरुसंग कुराकानी, टिका ग्रहण र केहि उपहार दिएर रमाइलो समेत गरेका थिए ।

आगामी असोज १० गते प्रर्दशनको तयारीमा रहेको यो चलचित्रमा अभिनेत्री शाह र नव अभिनेता शर्मासँगै रविन्द्र झा, निता ढुंगाना, खुस्बु खड्का, बुद्धी तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

निर्देशक शर्माकी श्रीमती किरण शर्मा र छोरी कृति शर्माले निर्माण गरेको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रका गीतमा भने प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज दिएका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र मित्र डी गुरुङ्गको सम्पादन रहेको छ ।

यो चलचित्रको आगामी असोज १० गते शिक्षाका लागी डायनामिक स्काउट क््रयूको सहयोगार्थ च्यारिट गरिन लागेको समेत निर्देशक शर्माले कोरिबाटीलाई जानकारी दिए ।

Leave a Reply