‘काँडेतार’ मा रेविका गुरुङ

चलचित्र ‘काँडेतार’ मा अभिनेत्री रेविका गुरुङको प्रवेश भएको छ । शनिवार निर्देशक तथा निर्माता नवल खड्काले उनीसँग कागजी सम्झौता गरेका हुन् ।

चलचित्रमा रेविकाको जोडी गौरव पहारीसँग बाँधिनेछ । निर्देशक खड्काले दशैंअघि नै गौरवलाई चलचित्रको लागि मुख्य नायकमा अनुबन्ध गरेका थिए । तिहारपछि छायांकनमा निस्कन लागेको चलचित्रमा नवलको पनि अभिनय रहनेछ ।

रेविकाले यसअघि चलचित्र ‘मारुनी’ मा अभिनेता पुष्प खड्काको जोडीको रुपमा काम गरेकी थिइन् । चलचित्रमा उनको कामको प्रशंसा भएको थियो । यसपछि उनी निर्देशक मिलन चाम्सको ड्रिम्स प्रोजेक्ट ‘गार्खा वारियर २’ मा अनुबन्ध भइन् । यो चलचित्रको कोरोना महामारीका कारण छायांकन सुरु हुन् सकेको छैन । उनी ‘काँडेतार’ लाई लिएर निकै उत्साहित छिन् ।

नेपाल-भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय चलचित्रले उठाउनेछ । दुई मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने चलचित्रको भाव हो । चलचित्रले राष्ट्रलाई पनि झकझकाउने छ । नेपाल र भारत सीमामा खिचिने यस चलचित्रलाई नवल र शंकर कार्कीले मिलेर निर्देशन गर्नेछन् ।

Leave a Reply