अमेरिकामा बनेको ‘ओभर डोज’ को

प्राय आफ्नै ब्यानरको फिल्ममा मात्र काम गर्ने हास्य कलाकार दीपक राज गिरी , केदार घिमिरे र दिपा श्री निरौलाले अब अरूको ब्यानरमा पनि निर्माण हुन लागेको फिल्ममा काम गर्ने भएका छन् l निर्देशक हेमराज बिसीको निर्देशनमा बन्ने नयाँ फिल्ममा यी तीन कलाकारले काम गर्ने भएका हुन् । मुख्य भूमिकामा हेमराजले तीनलाई फिल्ममा अनुबन्धित गरेका हुन् l ‘घामड शेरे’ निर्देशन गरेपछि मौन रहेका हेमराजले दीपकसँग पहिलो पटक सहकार्य गर्न लागेका हुन् l दीपक र निर्माता रोहितको सहकार्यमा बनेको चलचित्र ‘छ माया छपक्कै’ले दुई वर्षअघि सर्वाधिक कमाइको रेकर्ड राखेको थियो । हाललाई फिल्मको नाम भने बाहिर सार्वजनिक गरिएको छैन l तर फिल्म निर्माण भने पक्का नै भइसकेको छ l फिल्मको कथा कथा पनि हेमराजले नै लेखेका हुन् ।

Leave a Reply