आकाश, पूजा र सोनमको ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा प्रदर्शन हुने

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो फागुन २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी दिएको छ ।

सुदर्शन थापा निर्देशित यो चलचित्रमा नायिका पूजा शर्माको साथमा नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । यस चलचित्रबाट सोनम तोप्देनले नायकको रुपमा डेब्यू गर्दैछन् ।

चलचित्रको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको छ । बेलायतमा ४५ दिनसम्म छायांकन भएको चलचित्रको गत फागुनमा दुबईमा एक गीत र केही सिनहरु खिचिएको थियो । एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको यो चलचित्रक त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा छ । अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।

Leave a Reply