प्रीति जिन्टा सरोगेसीमार्फत जुम्ल्याहा बच्चाकी आमा बनिन्

बलिउडकी चर्चित अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीति सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी हुन् । उनले सामाजिक सञ्जालमा पति जीन गुडइनफसँगको तस्बिर सेयर गर्दै उक्त जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रीतिले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’ प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’

Leave a Reply