अपराधिक सत्य घटनामा आधारित ‘क्राइम फाइल्स’

अपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज हो,‘क्राइम फाइल्स’। अनुसन्धानमूलक सिरिज ‘क्राइम फाइल्स’ कात्तिकदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ। कमेडी सिरियलहरूले हावी भएको नेपाली कन्टेन्ट स्पेसमा यो एउटा नयाँ प्रवृति हो।

कान्तिपुर टेलिभिजनमा प्रत्येक शनिबार बेलुकी ९ बजे प्रशारण हुँदै आएको क्राइम फाइल्स अहिले चौथो एपिसोड सम्म आएको छ । चौथो एपिसोडको नाम ‘छलकपट’ रहेको छ । पहिलो एपिसोड देखिनै दर्शकको सकारात्मक प्रतिकृया पाएको ‘क्राइम फाइल्स’ सिरियलको हरेक भागलाई दर्शकको माया र साथ मिलिरहेको छ । ‘क्राइम फाइल्स’को पहिलो भाग प्रसारण भएसँगै यसको चौतफी चर्चा चुलिएको थियो । ‘क्राइम फाइल्स’को पहिलो भाग ‘पाँच हत्या’ मा एकै परिवारको ५ जनाको हत्या भएको र ७ वर्ष सम्म रहस्य सुल्झाउन नसकेको विषय समेटिएको थियो ।

‘क्राइम फाइल्स’को सम्पूर्ण एपिसोडहरु क्राइम फाइल्स नामक आधिकारिक यूट्युब च्यानलमा पनि सार्वजनिक हुन्छन् । सिरियलले यूट्युबमा पनि दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यूट्युबको कमेन्ट बक्स हेर्ने हो भने सिरियललाई अधिकांश सकारात्मक प्रतिक्रिया प्राप्त छ । कतिले नेपालसँग सम्बन्धित यस प्रकारका अपराधका फाइलहरू देखाएकोमा खुसी व्यक्त गरेका छन् , कतिले होस्टको शैली र होस्टको लागि स्क्रिप्ट एकदम सही छ भन्दै तारिफको पुल बाँधेका छन् भने कतिले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।

नेपालभित्र घटेका विभिन्न आपराधिक घटनाको नाट्य रूपान्तरण क्राइम फाइल्समार्फत प्रस्तुत गरिनेछ । नेपाल प्रहरीले सुल्झाएका धेरै आपराधिक घटनामध्ये न्यायका दृष्टिबाट हेर्दा महत्त्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथा समेटेर क्राइम फाइल्स निर्माण गरिएको हो । कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने क्राइम फाइल्स टोलीको विश्वास छ ।

कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । सह–प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल छन् । क्राइम फाइल्सको बजार व्यवस्थापन एड रिलिजले गरिरहेको छ । यसको होस्टमा भने सुरज गिरी छन् ।

एडिप्याड मिडिया र रोमा प्रोडक्सनको सहकार्यमा निर्माण भएको क्राइम फाइल्सका एपिसोड डिरेक्टर अनिल खड्का ,फिरोज खड्का र एच आर बिसि हुन् । त्यस्तै क्यामेरामा शिव राम श्रेष्ठ , निरज श्रेष्ठ र गोपाल राय क्षेत्री रहेका छन् । एपिसोडको सम्पादन भने निमेष श्रेष्ठ ,लोकेश बज्राचार्य र सुनिल शिबभक्तिको रहेको छ । यस सिरियलका युनिट उत्पादन प्रबन्धक नीरज चौधरी र रूपक प्रताप अधिकारी हुन् ।

Leave a Reply