निर्माता छविराज ओझा चार वर्षपछि चलचित्र निर्माणमा फर्किने भएका छन् । यसै हप्ता आफ्नो ५७औं जन्मदिनको अवसरमा उनले नयाँ चलचित्रको गीत रेकर्ड गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ ।
यो चलचित्रको प्रि–प्रोडक्सनको काम आठ महिनादेखि चलिरहेको छ । चलचित्रलाई नवनिर्देशक नवराज शर्माले निर्देशन गर्दैछन् । नवराज लामो समयदेखि नेपाली चलचित्रमा सहनिर्देशकको रुपमा काम गरिरहेका छन् ।
उनले पछिल्लो पटक निर्माण गरेको चलचित्र ‘मंगलम’ हो । छविराजले चलचित्र निर्माणलाई निरन्तरता दिन सकेका थिएनन् । विगत केहि वर्ष देखि अभिनेत्री शिल्पा पोखरेलसँगको पारिवारिक झगडाले उनी प्रहरी चौकीदेखि अदालतसम्म पुगिरहेका थिए । अहिले पनि उनीहरुको सम्बन्ध विक्षेदको मुद्धा अदालतमा विचाराधिन रहेको छ ।