प्रदिपको ‘प्रकाश’को डिजिटल राइट्स हाल सम्मकै महँगो मुल्यमा विक्रि

दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्रि भएको छ । डिएआर मुभिजले चलचित्रको डिजिटल राइट्स खरिद गरेको हो ।  ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा चलचित्र खरिद सम्झौता गरिएको छ ।

हाल सम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्रि भएको निर्माता अधिकारीले बताए ।चलचित्रको भारतमा हिंन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी रहेको जानकारी निर्माताले दिए । चलचित्र भारतका विभिन्न शहरमा रहेका  हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ ।

अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको यस चलचित्रमा प्रदीपको साथमा रेनु योगीको मुख्य भूमिका रहेको छ । रेनुले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथामा चलचित्र आधारित छ । चलचित्रमा प्रदीपले पहिलो पटक गाउँले युवकको निर्वाह गरेका छन् ।

चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । छिट्टै चलचित्रको पोस्टर तथा टिजर सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ । सोही अवसरमा चलचित्रको प्रदर्शन मिति समेत घोषणा हुनेछ ।

बिनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई महेन्द्र अधिकारीले लगानी गर्न लागेका हुन् । राजेश श्रेष्ठले छायाङ्कन गरेको चलचित्रलाई जीवन थापाले सम्पादन गरेका छन् । चलचित्रमा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको सङ्गीत रहेको छ। चलचित्रको छायाङ्कन जुम्लामा गरिएको हो ।

 

Leave a Reply