‘प्रेमगीत–३’को गीतमा राहत, पलकदेखि अंकितसम्मको स्वर

चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको गीत रेकर्डको सम्पूर्ण काम सकिएको छ । चलचित्रको तीनवटा गीतमा भारतका चर्चित गायक-गायिकाहरुले आफ्नो स्वर भरेका छन् । राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार’ र देव नेगी र पलक मुछालले ‘मुझमे बस जाना’ गीत गाएका हुन् । यसमा चर्चित गीतकार कुमार र एम तुराजको लेखन रहेको छ ।

 

हिन्दी र नेपाली भाषामा निर्माण भएको ‘प्रेमगीत ३’ नेपालमा फागुन १३ गतेबाट प्रदर्शन हुन लागेको हो । भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले चार करोड भारुमा फिल्मको थिएटर राइट्स किनिसकेको छ ।चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

 

 

Leave a Reply