अभिनेता रमित ढुंगानाले फेरि एक पटक निर्माण गर्न लागेका छन् । उनले एसिड आक्रमणमा परेकी विरगञ्जकी मुस्कान खातुनको जीवनमाथि चलचित्र बनाउन लागेका हुन् । चलचित्रको नाम ‘मुस्कान’ राखिएको छ । उनले पहिलो पटक निर्माण गरेको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ हो ।
चलचित्र पत्रकार सघं दाङ शाखाले मंगलवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा रमितले चलचित्र निर्माण हुने बारे जानकारी दिएका हुन् । अबको एक महिनामा चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा एसिड आक्रमण पछिको अभिनय मुस्कान आफैँले गर्ने पनि बताइएको छ । चलचित्रमा मुस्कानकी आमाको भूमिकामा अभिनेत्री सञ्चिता लुईँटेललाई अफर गरिएको बताइएको छ ।