अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण

 अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । उनले इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी अदितिले दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत कोरोना संक्रमण भएको छ ।
उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ । अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’

Leave a Reply