गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

चर्चित वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ । कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । उनीमा हल्का लक्षणहरू मात्र देखिएको, उनको भतिजीले भारतीय समाचार एजेन्सीलाई पुष्टि गरेकी हुन्।

लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

Leave a Reply