अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’को हिन्दी भर्सन जनवरी २६ मा रिलिज हुँदै

चलचित्र पुष्पाः द राइज सुपरहित भएपछि साउथका सुपरस्टार अल्लु अर्जुनको चर्चा र क्रेज झन् बढेको छ। पुष्पाको लोकप्रियता र सफलतालाई ध्यानमा राख्दै उनले अभिनय गरेको चलचित्र ‘अला वैकुण्ठपुरमलो’लाई हिन्दी भर्सनमा रिलिज गर्ने तयारी वितरकले गरेका छन् । अल्लु अर्जुनको सुपरहिट चलचित्रको हिन्दी संस्करण जनवरी २६ मा भारतमा रिलिज हुँदैछ।

चलचित्र अला वैकुण्टापुरमुलु २०२० मा प्रदर्शन भएको थियो र ब्लकबस्टर भयो। हाल नेटफ्लिक्समा स्ट्रिम भइरहेको यो चलचित्र २०२० मा सबैभन्दा धेरै कमाउने चलचित्रहरू मध्ये एक थियो। त्रिविक्रम श्रीनिवासद्वारा निर्देशित अला वैकुण्ठपुररामुलु एक व्यावसायिक मनोरञ्जन चलचित्र हो।

Leave a Reply