साउथका अभिनेता धनुष र उनकी श्रीमती, चलचित्र निर्देशक तथा पार्श्व गायिका ऐश्वर्या आर धनुष सम्बन्ध विच्छेद भएको छ । धनुष र ऐश्वर्याले सामाजिक सञ्जालबाट प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु अलग भएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा दुवैले भनेका छन् कि उनीहरूको विवाहको यात्रा “विकास र समझदारी” भएको छ। “आज हामी एउटा ठाउँमा उभिएका छौं जहाँ हाम्रा बाटोहरू अलग छन्। हामीले एक जोडीको रूपमा अलग हुने निर्णय गरेका छौं र आफूलाई व्यक्तिगत रूपमा बुझ्नको लागि समय लिने निर्णय गरेका छौं। ”
विवाहको १८ वर्ष सँगै बसेपछि अलग भएका दम्पतीले आफ्ना प्रशंसकहरूलाई उनीहरूको निर्णयको सम्मान गर्न र उनीहरूलाई गोपनीयता दिन समेत आग्रह गरे। धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए। उनीहरूका दुई छोरा छन् – यात्रा र लिङ्ग।
ऐश्वर्या तमिल सुपरस्टार रजनीकान्त र फिल्म निर्माता तथा गायिका लता रंगाचारीकी छोरी हुन्।