प्रियंका चोपडा सरोेगेसी मार्फत बनिन् आमा!

अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसी मार्फत आमा बनेकी हुन् । अभिनेत्री चोपडा र उनका पति गायक निक जोनसले आफ्नो पहिलो सन्तानलाई स्वागत गरेका हुन् । तीन वर्षदेखि वैवाहिक जीवनमा बाँधिएका यी जोडीले शुक्रबार इन्स्टाग्रामबाट यो कुराको जानकारी दिएका हुन् ।

निकलाई ट्याग गर्दै इन्स्टाग्राममा एक नोट साझा गर्दै प्रियंकाले लेखेकी छिन्, “हामीले सरोगेट मार्फत बच्चालाई स्वागत गरेको कुरा पुष्टि गर्न पाउँदा खुसी छौं। हामी सम्मानपूर्वक यो विशेष समयमा हाम्रो परिवारमा केन्द्रित भएकाले गोपनीयताको लागि अनुरोध गर्दछौं। धेरै धेरै धन्यवाद।” ३९ वर्षीय चोपडा र २९ वर्षीय जोनासले सन् २०१८ मा भारतमा विवाह गरेका थिए ।

Leave a Reply