साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु

सन्तोष कुमार थापा
काठमाडौं, ११ माघ २०७८। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका रहने चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन शुरु गरिएको छ । चलचित्रको छायांकन सोमबारदेखि पर्वतको भुक देउरालीमा शुरु गरिएको हो । छायांकन अगाडि चलचित्रको शुभ-मुहूर्त समेत गरिएको थियो । अभिनेता नेपालले शुभमुहूर्त र सुटिङको तयारीका लागि मेकअप गर्दै गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् ।

छायांकनका लागि जितुसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रमेश अधिकारी लगायतका कलाकार यतिबेला पर्वतमा छन् । चलचित्रमा जितु र साम्राज्ञी प्रेमी-प्रेमीकाको भूमिकामा देखिने बताईएको छ र यी दुईले पहिलो पटक स्क्रिन सेयर गर्दै छन् ​। चलचित्र ड्रिम्स निर्माता कपिल रिजालले ‘ह्यारीकी प्यारी’ बाट चलचित्र निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्रलाई सुदीप बरालले खिचिरहेका छन् ।

Leave a Reply