अभिनेत्री आँचल शर्मा नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्र ‘बर एण्ड बधु’मा उनी मुख्य भूमिकामा फाइनल भएकी हुन् । कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् । यो चलचित्रको छायांकन फागुन तेस्रो साताबाट शुरु हुने बताईएको छ ।
चलचित्रका अन्य कलाकार केही दिनमै फाइनल हुने निर्माणपक्षले बताएको छ । पछिल्लो पटक साउथ चलचित्र ‘हिटम्यान’मा काम गरेकी आँचललको यो लकडाउनपछि पहिलो नेपाली चलचित्र हो ।