जीवन श्रेष्ठको निर्देशन रहने ‘तिमी कसको ?’ को छायाङ्कन सुरु

चलचित्र ‘तिमी कसको ?’ को छायाङ्कन सुरु भएको छ । जीवन श्रेष्ठको निर्देशन रहने चलचित्रको बुधबारदेखि तेह्रथुमबाट छायाङ्कन सुरु भएको हो । चलचित्रको छायाङ्कन अगाडि शुभ मुहूर्त समेत गरिएको थियो ।

पाल्म फिल्मस्को ब्यानरमा हर्षिका इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्र निर्देशक श्रेष्ठले नै निर्माण गर्न लागेका हुन् । चलचित्रमा प्रदीप गिरी, हर्षिका श्रेष्ठ, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रताप श्रेष्ठ, रिया श्रेष्ठ, प्रीतिका शर्मालगायत कलाकारको मुख्य भूमिका रहनेछ । आकाश अकुको संगीत रहने चलचित्रमा अर्जुन थापाको पटकथा र संवाद रहने छ ।

Leave a Reply