साम्राज्ञीले पनि सुरु गरिन् ‘ह्यारीकी प्यारी’को छायांकन

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन सुरु गरेकी छन् । केही साताअघि छायांकन सुरु भएको चलचित्रको शुभसाइतमा साम्राज्ञी उपस्थित थिइनन् । साम्राज्ञी छायांकन सेट नपुग्नुजेल चलचित्रका मुख्य कलाकार जितु नेपालका केही दृश्यको छायांकन गरिएको थियो ।

पर्वतका विभिन्न स्थानमा यतिबेला छायांकन भइरहेको चलचित्रको लागि जितुसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रमेश अधिकारी लगायतका कलाकार केहि साता अघिदेखि नै पर्वतमा छन् ।
चलचित्रमा जितु र साम्राज्ञी प्रेमी-प्रेमीकाको भूमिकामा देखिने बताईएको छ र यी दुईले पहिलो पटक स्क्रिन सेयर गर्दै छन् ​। चलचित्र ड्रिम्स निर्माता कपिल रिजालले ‘ह्यारीकी प्यारी’ बाट चलचित्र निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्रलाई सुदीप बरालले खिचिरहेका छन् ।

Leave a Reply