आगामी चैत्र ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चिसो एस्ट्रे’को दोस्रो गीत सार्वजनिक भएको छ । शिवरात्रीलाई लक्षित गर्दै सोमबार ‘बाबा पशुपति’ बोलको गीत सार्वजनिक गरिएको हो । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका उनले यही गीतबाट कमब्याक गरेका हुन् । यो गीतमा अजर जंगमले संगीत भरेका छन् भने दिनेश पाल्पालीको शब्द रचना छ ।
सार्वजनिक गीतमा सविन राईको आवाज रहेको छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् । उनले स्वर सुहाउँदो कम्पोजिसन र गीतको शब्द पनि रोचक रहेकाले गीत गाउन रमाइलो भएको प्रतिक्रिया दिएका छन् । गीतमा संगीत अजर जंगम र शब्द रचना निर्देशक दिनेश पाल्पालीको रहेको छ ।
दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्रको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भइसकेको छ । अजर जंगमको स्वर तथा संगीत रहेको सो गीतको फरक खालको भिडियो धेरैले रुचाएका थिए ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना हुन् । प्रबिन स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको सिनेमामा रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा सह निर्माताको रुपमा रहेका छन् । चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
गीत हेर्नुहोस् :-