मलिका महत बनिन् टेस्ट सेन्टर नेपालको ब्राण्ड एम्बासडर

अभिनेत्री मलिका महत हिमाअस एजुकेशन कन्सल्टेन्सी अन्तर्गत रहेको टेस्ट सेन्टर नेपालको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त भएकी छन् । अभिनेत्री महतसँग उक्त कम्पनीले एक वर्षको लागि सम्झौता गरेको हो ।

संस्थाले विद्यार्थीहको शैक्षिक जाँच लिनुका साथै तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई लक्षित गर्दै भाषा परीक्षाहरु आईएलटीएस, पीटीई, टोफेलजस्ता कक्षा उक्त कन्सल्टेन्सीमा हुने जनाइएको छ ।

हिमाअस अन्तर्गत रहेका काठमाडौं सहित नेपालका अन्य शहरहरुमा पनि टेस्ट सेन्टर नेपालले सेवा दिँदै आएको छ । काठमाण्डौ, पोखरा, ईटहरी, चितवन लगाएतका स्थानबाट विद्यार्थीहरुले हिमा अस र टेस्ट सेन्टर नेपालबाट पाउने सुविधा लिन सक्छन् ।

Leave a Reply